उराठ यो जिन्दगीमा रङ्गिन बहार भर्ने मान्छे
कहाँ होला कस्तो होला मलाई माया
गर्ने मान्छे
कहाँ होला कस्तो होला मलाई माया
गर्ने मान्छे
वाधालाई पन्छाएर सफलताको शिखर चुम्न
मेरो मलिन मुहारमा नयाँ आयाम
छर्ने मान्छे
मेरो मलिन मुहारमा नयाँ आयाम
छर्ने मान्छे
दैवले 'नि टार्ने छैन लेखिएको भावी भन्छन्
सयौँ पहाड छिचोलेर मेरै समिप
पर्ने मान्छे
सयौँ पहाड छिचोलेर मेरै समिप
पर्ने मान्छे
कल्पना नै गर्दा पनि साटिन्छ मुटु भन्छन्
मैले पिउने विष लागी अन्जानमै
मर्ने मान्छे
मैले पिउने विष लागी अन्जानमै
मर्ने मान्छे
हर कदम हर घडि चखेवाको जोडी जस्तै
हातेमालो गर्दै गर्दै सयौँ जङ्घार
तर्ने मान्छे |
हातेमालो गर्दै गर्दै सयौँ जङ्घार
तर्ने मान्छे |
No comments:
Post a Comment