Tuesday, January 11, 2011

पसिना शक्ति हो

पसिना शक्ति हो |
पसिना  महाँ धन |
कल्पनाले मात्र हुदैना गर्नैपर्छ  परिश्रम |


नीमा   शेर्पा

Saturday, January 8, 2011

डाक्टर ले दाँत फुकाल्नको लागि मासु मार्न लगायको सुई जिब्रोमा

हाम्रो गाँउको डाक्टर ले दाँत फुकाल्नको लागि मासु मार्न लगायको सुई जिब्रोमा ! को थियेत ती एमबिबिएस डाक्टर ? त्यो म समय  आएपछी खोज्ने छु | यो घटना एउटा  कुनै  फिल्म को कथा नभएर खुद् मेरो आमा को हो | उहाँलाई  अहिले  बिपी कोइराला सुवास्थ्य बिज्ञन पर्तिस्ठान केन्द्र, घोपा क्याम धरान मा  लगियको छ |
 समस्या खासै केही थिएन मात्र किराले खाएको दाँत फुकाल्नु थियो | जुन घटना ले मलाई  दु:खित् र अक्रोसित दुबै गरायको  छ | अहिले मेरो ममीको जिब्रो पुरै सुनियको छ | आज भन्दा ९ महिना अगी पनि मैले यस्तै समस्या बेहोर्नु परेको थियो |  जिल्ला सदरमुकाँम मा जचाउनु जाँदा तपाईंको आँमाको पुरै मुटु बिग्रियेको छ तुरुन्त सहिद गंगलाल मुटु अस्पताल बाँस् बारी काठमाडौं लग्नुस् भनेर भन्नु भएको थियो | जस्ले गर्दा मलाई पल पल तडर्पाइयको
थियो
 र  तुरुन्तै  काठमाडौं  लगेर  जचाँउदा  मुटु  सम्बन्धी  कुनै  समस्या  छोइन  सामान्य  फोक्सो  सम्बन्धी  समस्या  हो  तेस्को  लागि  नेपाल  ममेडिकल कलेज  अत्तरखेल  जोर  पाटी  लग्नुस्  त्यस्तो  डराउनु  पर्ने  केहिछोइना  भन्नु  भएको  थियो | आखिर  किन  खेलबाड  गर्छन्  डक्टरहरु  बिरामी  माथि  ?  हुनत  सबै  त्यस्तो  डक्टर  हुदैन कोहि  जीवन दिने कोहि जीवन  लिने | यस्तै लाग्दैछ मलाई | तर समय आएपछी  म डाक्टरको  नाम  सार्वजनिक  गर्नेछु | त्यो दिन कुनै समय आउला बस एती  भन्छु म  |

Friday, January 7, 2011

उराठ यो जिन्दगीमा

                                                            


उराठ यो जिन्दगीमा रङ्गिन बहार भर्ने मान्छे
कहाँ होला कस्तो होला मलाई माया
गर्ने मान्छे

वाधालाई पन्छाएर सफलताको शिखर चुम्न
मेरो मलिन मुहारमा नयाँ आयाम
छर्ने मान्छे

दैवले 'नि टार्ने छैन लेखिएको भावी भन्छन्
सयौँ पहाड छिचोलेर मेरै समिप
पर्ने मान्छे

कल्पना नै गर्दा पनि साटिन्छ मुटु भन्छन्
मैले पिउने विष लागी अन्जानमै
मर्ने मान्छे

हर कदम हर घडि चखेवाको जोडी जस्तै
हातेमालो गर्दै गर्दै सयौँ जङ्घार
तर्ने मान्छे |