khotangenima
Wednesday, July 22, 2015
अमर होइन हाम्रो जिबन ।
Tuesday, January 11, 2011
पसिना शक्ति हो
पसिना शक्ति हो |
पसिना महाँ धन |
कल्पनाले मात्र हुदैना गर्नैपर्छ परिश्रम |
नीमा शेर्पा
Saturday, January 8, 2011
डाक्टर ले दाँत फुकाल्नको लागि मासु मार्न लगायको सुई जिब्रोमा
समस्या खासै केही थिएन मात्र किराले खाएको दाँत फुकाल्नु थियो | जुन घटना ले मलाई दु:खित् र अक्रोसित दुबै गरायको छ | अहिले मेरो ममीको जिब्रो पुरै सुनियको छ | आज भन्दा ९ महिना अगी पनि मैले यस्तै समस्या बेहोर्नु परेको थियो | जिल्ला सदरमुकाँम मा जचाउनु जाँदा तपाईंको आँमाको पुरै मुटु बिग्रियेको छ तुरुन्त सहिद गंगलाल मुटु अस्पताल बाँस् बारी काठमाडौं लग्नुस् भनेर भन्नु भएको थियो | जस्ले गर्दा मलाई पल पल तडर्पाइयको
थियो
र तुरुन्तै काठमाडौं लगेर जचाँउदा मुटु सम्बन्धी कुनै समस्या छोइन सामान्य फोक्सो सम्बन्धी समस्या हो तेस्को लागि नेपाल ममेडिकल कलेज अत्तरखेल जोर पाटी लग्नुस् त्यस्तो डराउनु पर्ने केहिछोइना भन्नु भएको थियो | आखिर किन खेलबाड गर्छन् डक्टरहरु बिरामी माथि ? हुनत सबै त्यस्तो डक्टर हुदैन कोहि जीवन दिने कोहि जीवन लिने | यस्तै लाग्दैछ मलाई | तर समय आएपछी म डाक्टरको नाम सार्वजनिक गर्नेछु | त्यो दिन कुनै समय आउला बस एती भन्छु म |
Friday, January 7, 2011
उराठ यो जिन्दगीमा
कहाँ होला कस्तो होला मलाई माया
गर्ने मान्छे
मेरो मलिन मुहारमा नयाँ आयाम
छर्ने मान्छे
सयौँ पहाड छिचोलेर मेरै समिप
पर्ने मान्छे
मैले पिउने विष लागी अन्जानमै
मर्ने मान्छे
हातेमालो गर्दै गर्दै सयौँ जङ्घार
तर्ने मान्छे |
Sunday, December 12, 2010
नमस्ते
सम्झनाको बाढी बगाउनेलाई नमस्ते मायाको भोक जगाउनेलाई नमस्ते खाडीको घामले डढेको बेला खाडीमा चौतारी लगाउनेलाई नमस्ते न त वार न त पार भयको बेला फड्के बनेर संकट भगाउनेलाई नमस्ते बर्ष खीइदा जिन्दगीको आयु खीइय पनि शुभकामना दीइ बाँच्न सगाउनेलाई नमस्ते सम्झनाको बाढी बगाउनेलाई नमस्ते मायाको भोक जगाउनेलाई
निमा शेर्पा निर्मलीडाँडा -%, खोटाङ
हजुर ।
अब त बाटो हिंड्न पनि
लाज मर्दो भो हजुर
केटीहरु ले नै सिट्ठी बजाउन थाले
आधुनिकता को नाम मा सारी , पटुका र चौबन्दी चोलो छाडी
2 pics मात्र लाउन थाले ।
मेरा दाजु भाईहरु पनि
कहाँ कम छन् र हजुर
कपाल पालेर कुम सम्मै झार्छन्
एक्लै दुक्लै केटी देख्नै नहुने
स्विक्क ss गरी सिट्ठी पार्छन ।
गौतम बुद्ध को देश रे हजुर
रगत नलत्पतिएको कुनै दिन छैन ,
शान्त देश भन्थे तर
चित्कार नगुन्जिएको एकछिन छैन ।
प्रेस स्वतन्त्रताको कुरा गर्छन् हजुर
प्रेस मै दागा धर्छन् यहाँ
आफु कमजोर देखिन्छ कि भनी
प्रेस कै सिसा फोर्छन् यहाँ।
बोका काटी - काटी कन
प्लेन उडाउन थाले हजुर ,
कुकुरलाई सोफा मा राखी
मान्छेलाई चैँ ढाले हजुर ।
नेता पनि कती बाठा
आँफै मात्र खान्छन् हजुर
अख्तियार ले पत्र काटे
बिदेश तिर जान्छन् हजुर ।
राजधानीमै छ हाम्रो
फोहर को त ड्ङ्गुर हजुर
बिकास जती खल्तिमा छ् ,
जनता सबै लङ्गुर हजुर ।
अब तपाईं आँफै भन्नुस् हजुर
कसको नैतीकता हराएको छ यहाँ
कोइली को त नाम निसान छैन
ब्वासो मात्र कराएको छ यहाँ ।
निमा शेर्पा निर्मलीडाँडा-%, खोटाङ
भुतुङ्गा
भुतुङ्गा कसलाई भन्नुपर्ने हो, सर्बशक्तिमान संसदलाई सोध्नुपर्छ
आधुनिक युवतीहरुलाई भने कसो होला ?
जस्को शरीरमा लुगा कहाँ छ भनेर खोज्नुपर्छ ।
नारी प्रकृतिको फूलबारी,
यसको हेरचाह गर्ने हाम्रो पनि हो जिम्मेवारी
सिरकलाई खोल हाल्यो कहिल्यै खस्दैन
श्रीमतीलाई खोल हाल्यो जिउमै बस्दैन !
चार रोपनीको शरीरमा दुई आनाको टालो
टालो पनि बाक्लो भए त हुन्थ्यो नि,
दुरुस्त माकुराको जालो
पञ्जा लगाएर औंला छोप्छन्
मिडी लगाएर पिडौंला देखाउँछन्
स्वदेसी फैशन बिर्सिए, बिदेशी फैशन चोरे
औंला र पिडौंला भनेको त आलु र पिडालु जस्ते हो रे !!
हेर्नोस्, केटा भनेको बन्दा हो, केटी भनेको काउली
बन्दाको अगाडी काउली सधैं नै उत्ताउली
सत्रपत्र लुगा लगाउने बन्दा कस्तो भद्र
जन्मँदै घाँगर फिंजाएर जन्मने हेर्नोस् त काउलीको चरित्र !!
महिला आयोगले छानबिन गर्नै पर्यो
केटीहरुले शरीरमा के गरेको छ ?
लुगा लाउने ठाउँमा ट्याटु भरेको छ
बाउले किनिदिएको पाईन्ट कटिटभन्दा तल झरेको छ
ए बैनी, पाईन्ट तल झर्यो कम्मरमा बाँध न भन्दा
पाईन्ट तल सरेको हैन, यो कम्मर नै तल सरेको हो भन्छन्
जय शिव शंकर भोला,
त्यहाँभन्दा तल सर्यो भने के होला !!
कम्मर सरेको हो कि पाईन्ट सरेको हो?
सदनमा छलफल हुनुपर्यो, यसको बिधेयक मगाईदिनु पर्यो
केटीहरुले पाईन्ट कहाँनिर बाँध्ने भनेर
अदालतले निर्णय गरेर आयोगले चिनो लगाईदिनु पर्यो
तेत्तिस प्रतिशत अधिकार माग्नेले
तेत्तिस प्रतिशत लुगा पनि लाउनु पर्यो
कि पारदर्सी लुगा नलगाउ, कि समावेसी अंग नदेखाउ
हैन भने,
छ इन्चको टालो हामीलाई देउ
हामी आँखामा पट्टी बाँधेर हिंड्छौ
तिमी लुगा लाए लाउ, नलाए नलाउ
निमा शेर्पा निर्मलीडाँडा-%, खोटाङ